Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हरमटारीमा बसको ब्रेक फेल भइ दुर्घटना हुदाँ १ जना सामान्य घाईते

हरमटारीमा बसको ब्रेक फेल भइ दुर्घटना हुदाँ १ जना सामान्य घाईते

जोईन खबर

१७, माघ २०८०
  • 964
    SHARES
  • हरमटारीमा बसको  ब्रेक फेल भइ दुर्घटना हुदाँ  १ जना सामान्य घाईते

    १७ माघ काठमाडौँ । जिल्ला गोरखाको हरमटारीमा आज बसको  ब्रेक फेल भइ दुर्घटना हुदाँ  १ जना सामान्य घाईते भएका छन् । बस उकालोमा रोकेर यात्रु झार्ने क्रममा ब्रेक फेल भएर पछी हटदा दुर्घटना भएको हो ।

    images

    घाईते हुने गोरखा नगरापलिका वडा न ९ कट्टेल डाडाँका २२ बर्षका समिर कट्टेल  हुन् । उक्त घाईतेको गोरखा अस्पतालमा उपचार भई रहेको छ । कट्टेल थोक पसलमा सामान मिलाउदै गर्दा बसले ठक्कर दिएको जिपले उहाँलाई घाईते बनाएको हो ।

    images
    images
    images

    बस चितवनको नारायणगढदेखी गोरखाको आरुपोखरी तर्फ जादै गरेको ना ५ ख ५०२५ बस ब्याक भएर गोरखा नगरपालिका–६ को हरमटारीमा बिकाससुन्दर श्रेष्ठको घर आँगनमा रोकि राखेको ग ३ च ९४१ योद्वा जिपलाई ठक्कर दिन पुगेको थियो । उक्त दुर्घटनामा श्रेष्ठको घर र कट्टेलको जिपमा ठुलै क्षती पुगेको छ ।

    क्षतीको विवरण भने आउन  बाकी नै छ । बस नारायणी यातायातको भएको खुल्न आएको छ । बसमा मानविय क्षती नभएको र अरू क्षती बारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १२:०८:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको