१७ माघ काठमाडौँ । आईसीसी यू–१९ विश्वकपमा नेपालले बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा जारी माङ्गाउङ्ग ओभलमा कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । नेपालका खेलाडीहरू अर्जुन कुमाल, विपिन रावल ९विकेटकिपर०, आकाश त्रिपाठी, देव खनाल ९कप्तान०, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।