१७ माघ काठमाडाैँ । गोरखामा कार्यरत प्रहरी सहायक हवल्दारको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट गोरखा धारापानी कार्यरत ३३ वर्षीय रमेश रानाको उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
प्रहरी रमेश रानाको घर विदा सकिएर मंगलबार मोटरसाइकलमा बुटवलबाट काठमाडौँ जादै गर्दा नारायणघाट–मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानरपालिका–२९, पन्द्रकिलोमा ग २३ प १५५९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुल बनाउन खनेको खाल्डो खसेर दुर्घटना हुँदा सहायक हवल्दार राना र सोही मोटरसाइकलमा सवार विकास कुमार पुन घाइते भएका थिए ।
उक्त सहायक हवल्दार रानाको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेज भरतपुरमा मंगलबार राति मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । उनी संग सवार गर्ने घाइते पुन भने उपचार भइरहेकाे प्रहरी श्रेष्ठले बताए ।
मृतक रानाकाे स्थायी घर रुपन्देही कन्चन गाउँपालिका–४ हाे ।गुल्म बाग्लुङ दरबन्दी रहेका उनी काजमा अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए ।