१७ माघ काठमाडाैँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा पहिलाे ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ।
दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको हो।
चौथो विकेटको रूपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भए ।
विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हान्नेका थिए ।
तेस्रो विकेटमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए।