१७ माघ काठमाडाैँ । नेपाल आयाल निगमले खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार समायोजन गरिएको निगमले जनाएको छ।
बुधबार रातीदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको हो।एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले मूल्य बढाइएको छ।
नयाँ मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टितेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम हुनेछ।