Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्लाहीको बलरामा युवती घरमै मृत फेला

सर्लाहीको बलरामा युवती घरमै मृत फेला

जोईन खबर

१८, माघ २०८०
  • 730
    SHARES
  • सर्लाहीको बलरामा युवती घरमै मृत फेला

    १८ माघ काठमाडौँ । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।

    images

    मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक एसपी प्रविन धितालले जानकारी दिए ।मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।

    images
    images
    images

    घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण भइ रहेको प्रहरीले बताए । 

     

     

    प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - ११:१९:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको