१८ माघ काठमाडौं । भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ । भ्याली पब्लिकका सह–संस्थापक सक्रिय अधिकारीले एक कार्यक्रमबीच कभर्डहलको उद्घाटन गरे ।सक्रियकै अग्रसरता र योजनामा कभर्डहल निर्माण गरिएको हो ।
करिब १ करोड २२ लाख लागतमा कभर्डहल तयार भएको जनाइएको छ । कभर्डहलमा बास्केटबल, फुटसल, ब्याडमिन्टनलगायतका खेल खेल्न सकिने भ्याली पब्लिकका खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् ।
भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले वर्खायाममा पनि प्रतियोगिता सञ्चालन गर्न र विद्यार्थीलाई विभिन्न खेलको प्रशिक्षण गराउन सहज होस् भन्ने उद्देश्यले इन्डोर कभर्डहल निर्माण गरिएको बताए ।उद्घाटनका अवसरमा भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन विभाग प्रमुख महेश अधिकारी, भद्रकाली स्कुलकी प्रिन्सिपल अनिता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।