१८ माघ काठमाडाैँ । जापान पठाईदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका वडा नं १ घर भई हाल काठमाडौँको काठमाडौँ महानगरपालिका वडा न २६ सामाखुशी बस्ने ३० बर्षीय भरत भट्टराई रहेका छन् ।
भट्टराईले बिमला लामालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु त्यसको लागि ८,००,००० लाग्छ । त्यहाँ मासिक १,७०,००० रुपैयाँ बराबर तलब हुने राम्रो होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा २,००,००० लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।
भट्टराईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार खोजतलास गर्ने क्रममा दिउँसो २ बजे सामाखुशीबाट पक्राउ गरेका थिए । भट्टराईलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।