Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सौरपानी समाज तथा गाउँपालिकाको संयुक्त आयोजनामा मोतीबिन्दु नि शुल्क शल्यक्रिया तथा आँखा शिविर सञ्चालन हुदैँ

सौरपानी समाज तथा गाउँपालिकाको संयुक्त आयोजनामा मोतीबिन्दु नि शुल्क शल्यक्रिया तथा आँखा शिविर सञ्चालन हुदैँ

जोईन खबर

१९, माघ २०८०
  • 793
    SHARES
  • सौरपानी समाज   तथा गाउँपालिकाको संयुक्त आयोजनामा मोतीबिन्दु नि शुल्क शल्यक्रिया तथा आँखा शिविर सञ्चालन हुदैँ

    १९ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानीमा मोतीबिन्दु निशुल्क शल्यक्रिया तथा आँखा उपचारको शिविर सञ्चालन हुने भएको छ । बारपाक सुलिकोट गाउँपालिका र सौरपानी समाज काठमाडौँ महानगरपालिका वडा न १६ रानीबन काठमाडौँको  संयुक्त  आयोजनामा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिने गाउँपालिकाको वडा न ४ सौरपानीमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा आँखा उपचार शिविर सञ्चालन हुने गाउँपालिका  नि, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पनेरुले जानकारी दिनु भयो ।

    images

    गाउँपालिका  नि, प्रमुख प्रशासकीय अधिकृत पनेरुका अनुसार यही माघ २२ र २३ गते गाउँपालिका  वडा नं ४ को सौरपानी सामुदायिक स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।उक्त शिविरमा भेटिएका मोतिबिन्दुका विरामीहरुलाई सौरपानीको सामुदायिक स्वास्थ्य शाखामा नै शल्यक्रिया गर्ने र शिविरमा  चेकजाँच गरेका बिरामीहरुलाई समस्या अनुसार औषधी चस्मा वितरण गर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोजराज भट्टले जानकारी दिनु भयो ।

    images
    images
    images

    विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले  बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताउनुभयो ।

    आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै  अध्यक्ष  भट्टले ले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्य गरी यो भन्दा अघि पनि गाउँपालिका वडा न ७ पाँचखुवा देउरालीमा पनि  निःशुल्क स्वास्थ्य आँखा शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १२:३६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको