Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१० औं एक्सेल्सियर कपअन्तर्गत एक्सेल्सियर र काष्ठमण्डप क्वाटरफाइनलमा

१० औं एक्सेल्सियर कपअन्तर्गत एक्सेल्सियर र काष्ठमण्डप क्वाटरफाइनलमा

जोईन खबर

१९, माघ २०८०
  • 721
    SHARES
  • १० औं एक्सेल्सियर कपअन्तर्गत  एक्सेल्सियर र काष्ठमण्डप क्वाटरफाइनलमा

    १९ माघ काठमाडाैँ । १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा बिहीबार आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर ‘नीलो’ ले संस्कृतिलाई २१–१२ ले पराजित ग¥यो ।

    images

    विजेताकी अकिना घिमिरेले १२ अंक जोडिन् । काष्ठमण्डपले एक्सेल्सियर ‘रातो’ लाई १७–२ ले हरायो । विजयी टिमका लागि रिया राईले ६ स्कोर गरिन् । सिनियर गल्र्समै न्यु जेनिथले ल्यान्डमार्कमाथि २०–११ को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।

    images
    images
    images

    न्यु जेनिथकी राइसाले ८ अंक बटुलिन् ।सिनियर ब्वाइजमा ग्रिनफिल्डले होली भिजनलाई ४२–२४, पुष्पसदनले टीआईएलाई ५३–३२ र जेनिथले एक्सेल्सियरलाई ४१–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८, पुष्पसदनका कृष ओलीले १३ र जेनिथका सागर श्रेष्ठले २० स्कोर गरेका थिए । 

    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १४:२५:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको