२१ माघ काठमाडौँ । नवलपरासीको सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । घटना भएको बर्दघाट नगरपालिका १६ केराबारीस्थित चोरघोल नजिकै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका १ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका प्रहरीले बताए । विश्वकर्मालाई गएराति अज्ञात समूहको टोलीले गोली प्रहार गरेर घाइते बनाएका प्रहरीले जनाएको छ।
घाइते विश्वकर्माको देब्रे पाखुरामा गोली लागे संगै धारिलो हतियारसमेत प्रहार गरिदेब्रे हातको केही भाग काटिएको पनि प्रहरीको भनाइ छ । उनलाई पसल बन्द गरेर फर्कदै गर्दा लुटेरा आक्रमण गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाको थप विवरणको अनुसन्धान भइृरहेको प्रहरीले बताएको छ ।