२१ माघ काठमाडौँ । नेपाल प्रहरी पूर्वप्रहरी सई बलात्कार आरोपमा पक्राउ परेका छन् ।पूर्वप्रहरी सई अनिरुद्र यादवले आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।
पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।
डेरा गरी एउटै ठाउँमा बस्ने चिनजानको व्यक्ति भएकाले ढोका खोलेकोमा भित्र छिरेपछि उनी फर्किएर नगएको र केही समयपछि उनले करकापमा मारेर बरजस्तीकरणी गरेको पीडितले जाहेरीमा भनेकी छन् । बरजस्तीकरणी गर्ने प्रहरीले ती युवतीलाइ तेरो आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर शरीरमा समाउन थालेको उल्लेख जाहेरी दिएको थिइन् ।
प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।
सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।