Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी खुदिटारमा गोरुले हानेर पाण्डेको मृत्यु

गण्डकी खुदिटारमा गोरुले हानेर पाण्डेको मृत्यु

जोईन खबर

२२, माघ २०८०
  • 772
    SHARES
  • गण्डकी खुदिटारमा गोरुले हानेर पाण्डेको मृत्यु

    २२ माघ काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकाको खुदिटारमा गोरुले हानेर एक  स्थानीय ब्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुने  गण्डकी गाउँपालिका वडा न ४ खुदिटारका भोजबहादुर पाण्डेको मृत्यु भएको हो ।

    images

     आज बिहान गोरुले हान्दा पाण्डेको घटना स्थलम नै ज्यान गएको थियो । प्रहरीलाई घटनाको जानकारी आज प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो।

    images
    images
    images

    घटना स्थलमा ताङलीचोकबाट गएको प्रहरी टोली पुगिसकेको भएता पनि घटना शंकास्पद देखिएकोले अहिले सदरमुकामको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक शेखर कोइरालाको टोली पठाईएको श्रेष्ठले बताउनुभयो।

    मृत्तक पाण्डेका सहोदर भतिजोको गोरुले हानेर उहाँको ज्यान गएको प्रहरी प्रारम्भिक अनुमान गरेको छ । भतिजोको गोठमा रहेको हान्ने गोरु फुत्किएर भोजबहादुरलाई हानेको अनुमान गरिएको छ ।

    पाण्डेको शव बारीको कान्ला छेवैमा फेला परेको थियो । घटनाको थप विवरणको अनुसन्धान भइ रहेको प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १६:०४:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको