Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्यानका सचिव पारस खड्काविरुद्ध अख्तियार दुरुपयोगमा निवदेन दर्ता

क्यानका सचिव पारस खड्काविरुद्ध अख्तियार दुरुपयोगमा निवदेन दर्ता

जोईन खबर

२२, माघ २०८०
  • 928
    SHARES
  • क्यानका सचिव पारस खड्काविरुद्ध अख्तियार दुरुपयोगमा निवदेन दर्ता

    २२ माघ काठमाडाैँ । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ । सचिव खड्काले क्यानको विधान विपरित आफुखुशी क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गानालाई नियुक्त गरेको भन्दै उनीविरुद्ध अख्तियारमा निवेदन दर्ता भएको हो ।

    images

    अख्तियारमा निवेदन दर्ता गराउनेमा सुमन शर्मालगायत छन् । क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गानालाई नियुक्त गर्नुअघि वृतान्त खनाल क्यानको महाप्रबन्धक थिए ।खनाललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महाप्रबन्धकको पदबाट करिव ६ महिनाअघि हटाएका थिए ।

    images
    images
    images

    त्यसपछि रिक्त हुन पुगेको महाप्रबन्धकको पद पूर्ति गर्न अध्यक्ष चन्द नै रहेको क्यानको पुरानो कार्यसमितिले सूचना प्रकाशित गरेर प्रक्रिया अगाडि बढाएको थियो । क्यानले पाँच जनाको सट लिस्ट तयार पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा पठाएको थियो ।

    सचिव खड्काले क्यानको केन्द्रीय कार्यसमितिको सिफारिस बिनै महाप्रबन्धमा ढुङ्गानालाई नियुक्ति गरेको भन्दै अहिले उनको क्यानभित्रै आलोचना भइरहेको छ । 

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १६:४८:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको