२२ माघ काठमाडाैँ । मुगुमा जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।
‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।डीएसपी थापाले पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । आमाले राति अबेरसम्म आगो तापेर बस्नुभएको रहेछ । राति पुरै आगो निभेको रहेनछ । त्यही आगो सल्केर आगलागी भएको देखिन्छ,’ डीएसपी थापाले भने ।घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।