२३ माघ काठमाडौँ । गोरखा सिरानचोकका सन्तोष नेपालीबिरुद्ध ज्यान मार्न खोजेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ ।
पक्राउ पर्ने गोरखा सिरानचोक गाउँपालिका वडा न -६ मुसेखोला निवासी ३५ बर्षीय सन्तोष नेपालीबिरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शेखर खड्का अनुसार नेपालीले आइतवार बेलुकी सोही स्थानका ४७ बर्षीय इन्द्रबहादुर बिकलाई ज्यान मार्ने नियतले टाउकोमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
नेपालीलाई सोही दिन पक्राउ गरी सोमवार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घाइते बिकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना के कारणले भएको भने बारे थप विवरण आउन बाकी रहेको छ ।