Logo

बिहिवार, कार्तिक १३ गते २०८३

६ महिना भित्रमा तीन हजार भन्दा बढी लागूऔषध कारोबारी पक्राउ

६ महिना भित्रमा तीन हजार भन्दा बढी लागूऔषध कारोबारी पक्राउ

जोईन खबर

२३, माघ २०८०
  • 787
    SHARES
  • ६ महिना भित्रमा  तीन हजार भन्दा बढी लागूऔषध कारोबारी पक्राउ

    २३ माघ काठमाडौँ । ६ महिना भित्रमा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । यस चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोग गर्ने वा  कारोबारी  गर्ने  लागुऔषध अपराधमा संलग्न हुने तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    images

    यस अवधि भित्र  दुई हजार सात सय ५८ पुरुष , एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका छन, भने ति मध्य एक हजार नौ ६० मुद्दा दर्ता  भएको प्रहरीले बताए ।

    images
    images
    images

    लागुऔषध पक्राउ  परेकाहरू जसमा : जस्तै  गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ । 

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १२:०६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको