Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमाकाे लागि ५२ करोड ५० लाख रुपैयाँ व्यवस्थापन

प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमाकाे लागि ५२ करोड ५० लाख रुपैयाँ व्यवस्थापन

जोईन खबर

२३, माघ २०८०
  • 838
    SHARES
  • प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमाकाे लागि ५२ करोड ५० लाख रुपैयाँ  व्यवस्थापन

    २३ माघ काठमाडौँ ।  बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण लागि ५२ करोड ५० लाख रुपैयाँ  व्यवस्थापन गर्ने भएको छ ।बागमती प्रदेश सरकारको मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा निर्माणाधीन रङ्गशालाका लागि  भरतपुर महानगरसँगको सम्झौता अनुसार प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

    images

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपैयाँमध्ये ७० प्रतिशत बेहोर्ने सम्झौता अनुसार  जम्कट्टेलले ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको बताए ।

    images
    images
    images

    मुख्यमन्त्री जम्कट्टेलले  भन्ने हामीले महानगरपालिकासंग गरेको सहमतिअनुसार प्रदेश सरकारले  क्रिकेट रङ्गशालाका लागि ५२ करोड ५० लाख रुपैयाँ बराबर बजेट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता गरेको बताए ।

    धुर्मुस सुन्तली फाउन्डेसनले सुरूवात गरेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण पुरा  गर्न नसके पछि भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने गरी सम्झौता गरिएको थियो । उक्त सम्झौता पुरा गरी  ५२ करोड ५० लाख रुपैयाँ बराबर बजेट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता गरिएको  मुख्यमन्त्री  जम्कट्टेलले बताए । 

     

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १३:२५:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको