Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा बन्नेको नयाँ गोरखकाली फ्यूल सेन्टरको हिजो सोमवार उद्घाटन

गोरखामा बन्नेको नयाँ गोरखकाली फ्यूल सेन्टरको हिजो सोमवार उद्घाटन

जोईन खबर

२३, माघ २०८०
  • 892
    SHARES
  • गोरखामा  बन्नेको नयाँ  गोरखकाली फ्यूल सेन्टरको  हिजो सोमवार उद्घाटन

    २३ माघ काठमाडौँ । गोरखाको गोरखा नगरपालिका- ११ को  कोरियनडाँडामा निर्माण भएको गोरखकाली फ्यूल सेन्टर प्रालि पेट्रोल पम्पको सोमवारउद्घाटन गरिएको छ ।

    images

    सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरले  उद्घाटन  गर्नु भएको थियो ।  गोरखा–आँवुखैरेनी सडक खण्ड अन्तरगत वाह्रकिलोमा पर्ने उक्त पम्प गत माघ १ गतेबाट संचालनमा आएपनि उद्घाटन भने सोमवार गरिएको हो ।

    images
    images
    images

     पाँच जना लगानीमा करिव सात करोडमा संचालन गरिएको उक्त पम्पबाट २४ सै घण्टा सेवा प्रवाह हुने पम्प संचालन समितिका अध्यक्ष सरदबाबु कट्टेलले बताए । एकै पटक आठ वटा सवारी साधनमा इन्धन भर्न मिल्ने उनले जानकारी दिए ।  झण्डै ११ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त पम्पमा जिल्लाका पाँच जनाको सामूहीक व्यवसायी जसमा शरदवावु कट्टेल, अच्युतलाल श्रेष्ठ, रामहरि केसी, भोला मरहट्टा र काजीराम श्रेष्ठको लगानी रहेको छ ।

    संचालनमा आएको पम्पको भण्डारण क्षमता ६० हजार लिटर रहेको छ । पम्पसँगै सुविधा सम्पन्न रेष्टुरेन्ट र किराना पसल संचालनमा ल्याउने तयारी भइरहेको संचालकएक सदस्य रामहरि केसीले बताए ।

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १५:५४:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको