Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चे गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन सुरु

धार्चे गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन सुरु

जोईन खबर

२४, माघ २०८०
  • 4.1K
    SHARES
  • धार्चे गाउँपालिकामा  निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन सुरु

     गाेरखाकाे धार्चे गाउँपालिकाले निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।यस  गाउँपालिकाले  आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार माघ २१ गतेदेखि कक्षा सञ्चालन भएको हो । गाँउपालिकामा कार्यरत कर्मचारी र स्थानीयका लागि एकहप्ते निशुल्क कक्षा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।

    images

    425870565_354238387575625_5998980841929241492_n.jpg

    images
    images
    images

     गाँउपालिकामा सेवा गर्न तथा जागिर खान बाहिरको कर्मचारी धेरै आएको देखियो’ उनले भने, ‘यहाँका योग्यता भएकाहरुलाई लोक सेवाको भोक जगाउन हामीले कक्षा सञ्चालन गरेका हौं ।’ एकहप्ते लोक सेवा तयारी कक्षा अन्तरगत नै २४ र २५ गते शिक्षक सेवा कक्षा पनि सञ्चालन गरिने उनले जानकारी दिए ।

    425880425_354238520908945_7118520003466073458_n.jpg

    तयारी कक्षामा चार सत्रमा ६ घण्टा पढाइ हुने गरेको छ । जम्मा २९ जना सहभागिहरुमा २० जना महिला र बाँकी पुरुष सहभागी छन् । सहभागीहरुलाई अध्ययन सामग्री पनि निशुल्क वितरण गरिने उनले बताए ।उक्त कक्षा सञ्चालन गर्नका लागि गाउँपालिकाले आन्तरिक बजेटको स्रोतको २ लाख विनियोजन गरिएको प्रमुख प्रसाशकीय अधिकृत सुनारले जानकारी दिए ।

    425942898_354238444242286_4803021535302792109_n.jpg

     

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - ११:५३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको