२४ माघ काठमाडौँ । गोरखामा बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ।
गोरखा नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय रविन राना मगरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा जिल्ला अदालतले उनलाई १५ दिन कैद र ६ लाख जरिवाना सुनाएको थियो ।
फरार अभियुक्त पक्राउका लागि परिचालित फैसला कार्यान्वयन बिशेष टोलीले मगरलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक शेखर खड्काका अनुसार मगरलाई तोकिएको सजायँ भुक्तानका लागि अदालत पठाइएको र अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको बताए ।