२४ माघ काठमाडाैँ । गोरखा क्याम्पसको प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन् । गोरखाको एक मात्र सरकारी क्याम्पसमा अाजदेखि पाण्डे नियुक्त भएका हुन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को माघ २३ गते बसेको बैठकको निणर्यबाट पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।
बुधबारदेखी लागु हुने गरी पाण्डे क्याम्पस प्रमुख बनेका हुन् ।