Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अरुण चौधरीले निजीकरण गरेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु

अरुण चौधरीले निजीकरण गरेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु

जोईन खबर

२४, माघ २०८०
  • 754
    SHARES
  • अरुण चौधरीले निजीकरण गरेको  १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु

     

    images

    २४ माघ काठमाडाैँ । अरुण चौधरीले निजीकरण गरेको  १० रोपनी  जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा  हडपेर आफ्नो कम्पनीको नाममा ल्याएका व्यवसायी चौधरीबाट सरकारको नाममा फिर्ता ल्याउन नापी कार्यालय डिल्लीबजारले सूचना जारी गर्ने तयारी गरेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    उक्त जग्गा बैकमा राखेको फेला परेको छ । बैंकमा धितो बन्धकी राखेको भेटिएको उक्त जग्गाबारे सम्भवतः भोली सार्वजनिक सूचना निकाल्ने तयारी भएको ती स्रोतको भनाई छ ।

    २० कार्तिक २०३७ मा मालपोत कार्यालय डिल्लीबजारले कित्ता नम्बर ५० को १८–३–२–० जग्गा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम गरेको थियो ।

    सरकारको निर्णय बिना नै बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले सो मध्येको १० रोपनी जग्गा चौधरी समूहको नाममा ‘हक हस्तान्तरण’ गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - २१:५७:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको