Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी गाउँपालिका भित्रका सबै एम्बुलेन्स चालकलाइ फोन गर्दा पैसा नलाग्ने सिमकार्ड र मोबाइल हस्तान्तरण

गण्डकी गाउँपालिका भित्रका सबै एम्बुलेन्स चालकलाइ फोन गर्दा पैसा नलाग्ने सिमकार्ड र मोबाइल हस्तान्तरण

जोईन खबर

२५, माघ २०८०
  • 778
    SHARES
  • गण्डकी गाउँपालिका भित्रका सबै एम्बुलेन्स चालकलाइ फोन गर्दा पैसा नलाग्ने सिमकार्ड र मोबाइल हस्तान्तरण

    २५ माघ काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकामा  एम्बुलेन्स चालकहरूलाई फोन गर्दा पैसा नलाग्ने सिमकार्ड र मोवाइल हस्तान्तरण गरिएको छ । गाउँपालिकाले पालिका भित्रका सवै एम्बुलेन्स चालकहरुलाई फोन गर्दा पैसा नलाग्ने कर्पोरेट सिमकार्ड तथा मोवाइल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।पालिका भित्र थप सुविधा पुगोस् भन्ने उद्देस्य सहित सिमकार्ड तथा मोबाईल एम्बुलेन्स चालकहरुलाई निःशुल्क प्रदान गरिएको उहाँको भनाई छ ।

    images

    सेवाग्राहीहरुले एम्बुलेन्स चालकलाई आकस्मिक समयमा फोन गर्दा नेटवर्क नलाग्ने वा व्यस्त हुने र चालकले फोन गर्दा वा फोन फर्काउदा व्यक्तिगत फोन खर्च हुने भएकाले पालिकाले निःशुल्क कल गर्न सक्ने व्यवस्था सहितको सिमकार्ड र मोवाइल सेट उपलब्ध गराएको पालिका अध्यक्ष  तिमल्सिनाले जानकारी दिनु भयो ।

    images
    images
    images

     गण्डकी गाउँपालिले पालिका भित्र मकैसिंह, दर्वुङ र भुम्लिचोक स्वास्थ्य चौकीहरु मार्फत सवै वडाहरुका नागरिकहरुलाई एम्बुलेन्स सेवाको सहज पहुँच पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्दै आएको र यसवाट सेवाग्राही र चालक दुवैलाई सुविधा पुग्ने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

    अध्यक्ष तिमल्सिनाका अनुसार अव बिरामी वा सेवाग्राहीको फोन आएर काटिएमा वा मिसकल आएमा चालकले कल फर्काउन मोवाइलमा पैसा छैन भन्नुपरेन जस्ता कुराबाट सुविधा दिएको हो ।  पालिकाले उपलब्ध गराएको सिमकार्ड सहितको मोवाइलबाट निःशुल्क रुपमा फोन गर्न पाउने भएपछि थप सजिलो हुने समेत बताउनु भयो ।सेवाग्राहीलाई फोन गर्दा शुल्क नलाग्ने भएपछि चालकहरुले बिरामी आउदा जाँदा लाग्ने फोन खर्चबाट छुटकारा पाउने जानकारी दिनु भयो ।

    प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - १४:१३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको