Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङद्वारा  लामावेशीमा सामुदायिक स्वास्थ्य इकाई समुदघाटन कार्यक्रम  सम्पन्न

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङद्वारा  लामावेशीमा सामुदायिक स्वास्थ्य इकाई समुदघाटन कार्यक्रम  सम्पन्न

जोईन खबर

२६, माघ २०८०
  • 841
    SHARES
  • गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङद्वारा  लामावेशीमा सामुदायिक स्वास्थ्य इकाई समुदघाटन कार्यक्रम  सम्पन्न

    २६ माघ काठमाडाैँ ।उत्तरी गोरखाको लामावेशी सामुदायिक  स्वास्थ्य इकाई केन्द्रको हिजो एक कार्यक्रम विच समुदघाटन गरिएको छ । धार्चे गाउँपालिका  वडा न २ को केरौजाको लामावेशीमा निर्माण गरिएको  सामुदायिक स्वास्थ्य इकाई केन्द्रको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले एक औपचारीक कार्यक्रमका विचरबिन काटि समुदघाटन गर्नु भएको हो ।

    images

    उक्त ठाउँमा २०७७ सालमा गाउँघर क्लिनिक स्थापना गरिएको थियो । करिब १४० घरधुरी रहेको लामाबेंशीका स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता भएपछि गाउँघर क्लिनिकलाई सामुदायिक स्वास्थ्य इकाईमा रुपान्तरण गरेको सो वडाका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए । ‘गाउँघरले हप्ताको एक दिन सेवा दिन पनि मुस्किल भयो,जसले गर्दा सामान्य समस्या हुँदा पनि यहाँका स्थानीयले सहजरुपमा सेवा पाउन सकेन,’ उनले भने, ‘स्थानीय माग बामोजिम हामीले गाउँघर क्लिनिकलाई सामुदायिक स्वास्थ्य इकाईमा परिणत गराइएको हो । ’ स्वास्थ्य इकाई हुनु भन्दा अगाडी २ घण्टाको उकालोमा केरौजाँ गाउँमा पुग्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘स्वास्थ्य इकाई सञ्चालनमा आएसँगै अब एक जना अहेव स्तरको स्वास्थ्यकर्मीले नियमित रुपमा बसेर सेवा दिने अध्यक्ष गुरुङले बताए ।

    images
    images
    images

    426634149_878634084270641_5520606025040755818_n.jpg

    गाउँपालिका भित्र रहेका ७ वटा वडा मध्ये भौगोलेक र जनसंख्याकाका आधारमा अहिले बनेको  नयाँ बस्तीलाई मध्यनजर गरि लामावेशीमा सामुदायिक स्वास्थ्य इकाई स्थापन गरिएको गाउँपालिका स्वास्थ्य प्रमुख अमृत बहादुर घलेले जानकारी दिनु भयो ।  विकट र दुर्गम रहेको वस्तीमा २०७२ सालको भुकम्प पछि उक्त ठाउमा नयाँ वस्तीसंगै स्वास्थ्य सेवा,बिजुली,खानेपानी, शिक्षा लगायताका विकास निर्माण  कार्य सम्पन्न भएको  गाउँपालिका स्वास्थ्य प्रमुख अमृत बहादुर घलेले बताउनु भयो ।

    426641682_878633674270682_9026360059412118727_n.jpg

    लामावेशीमा सुचारु गरिएको सामुदायिक स्वास्थ्य इकाईको समुदघाटन  गरेसंगै स्वास्थ्य सेवा समेत प्रदान गरिएको हो ।  यस कार्यक्रममा धार्चे गाउँपालिका वडा न २ का वडाअध्यक्ष सरोज गुरूङको अध्यक्षतामा गरिएको समुदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङको प्रमुख आतिथ्यता रहेको थियो ।उक्त कार्यक्रममा  गापालिका  उपाध्यक्ष सुनिला गुरूङ, गाउॅंपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार , गाउॅंपालिका स्वास्थ्य शाखाका प्रमुख अमृत बहादुर घले वडा ८का वडा सदस्यहरू,यसै वडाको  विद्यालयका शिक्षक शिक्षिका, बुद्विजीवी सामाजसेवी,लामावेशीका स्थानिय वासीन्दाहरुको उपस्थित भएका थिए । यस औपचारीक कार्यक्रममा गाउँपालिका अध्यक्ष, सोही वडा को वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत  लगायतले मनतव्य राख्नु भएको थियो । सामुदायिक स्वास्थ्य इकाईबाट त्यहाँ बसोबास गर्न वडाका सबैले नियमित रुपमा सेवा पाउने भएका छन् ।

    426621554_878633710937345_6782399812981326820_n.jpg426626822_878633650937351_7529551931414022165_n.jpg 426870371_878633794270670_216158406980641057_n.jpg

    प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १४:१२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको