Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवलपरासीको सुस्ता गाउँपालिकामा  छोरी जन्मेपछि छोरीको नाममा २५ हजार दिने अभियान सुरू

नवलपरासीको सुस्ता गाउँपालिकामा  छोरी जन्मेपछि छोरीको नाममा २५ हजार दिने अभियान सुरू

जोईन खबर

२६, माघ २०८०
  • 1.2K
    SHARES
  • नवलपरासीको  सुस्ता गाउँपालिकामा  छोरी जन्मेपछि  छोरीको नाममा  २५ हजार दिने अभियान सुरू

    २६ माघ काठमाडौँ ।  पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाले  छोरी जन्मेपछि उसको नाममा २५ हजार दिने अभियान सुरू गरेको छ ।उक्त गाउँपािलकाले  बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य अभियान कार्यक्रम’ ल्याएको हो।

    images

    पालिकाभित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको जनाएको छ। उक्त कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताएकी छन्।पालिकाले बालविवाह रोक्न र शिक्षामा अभिप्रेरित गर्नका लागि छोरी जन्मेपछि उसको नाममा २५ हजार उपलब्ध गराउँदै आएको उनले बताइन्। तर गाउँपालिकाले केही शर्त  ,कार्यविधि नै बनाएर अगाडि बढेको छ।

    images
    images
    images

    गाउँपालिका उपाध्यक्षका अनुसार छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइसक्नुपर्ने छ। त्यस्तै सुत्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार आठ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने, कक्षा १२ सम्म अध्ययन गराउनुपर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने छ।

    उक्त रकम २० वर्षपछि मात्र निकाल्न मिल्ने प्रावधान रहेको जनाइएको छ। अध्ययनबाहेकका शर्त पूरा गरेपछि ४५ दिनभित्रै गाउँपालिकामा आमाबुबामध्ये एक जना संरक्षकले कागजात लिएर गाउँपालिकामा गएपछि पालिकाले खातामा २५ हजार जम्मा गरिदिनेछ । 

    प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १६:०३:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको