Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

जोईन खबर

२६, माघ २०८०
  • 1000
    SHARES
  • प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

    २६ माघ काठमाडाैँ । प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ ।  काठमाडौँको चन्द्र्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा डयुटी सकेर काेठामा फर्किने क्रममा  भ्यानबाट खसेर सहायक हवल्दारको हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

    images

    बिहीबार राति सवा ११ बजे प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सड्कमा खसेका हुन् ।भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले  बताए ।

    images
    images
    images

    टनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुमान गरीएकाे एआईजी थापाले जानकारी दिए । मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय हुन् । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १७:११:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको