२७ माघ काठमाडाैँ । गाेरखाकाे सिरानचोकमा गाउँपालिकाले सहकारी सञ्चालक र ब्यवस्थाकहरुलाई तीनदिने तालिम प्रदान गरेको छ । उक्त तालिम सिरानचोक गाउँपालिका वडा न -५ चित्रेपोखरीको आमा समुहको भवनमा माघ २५ गते देखि २७ गते सम्मा सञ्चालन भएर अाज तालिम सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकम अध्यक्ष ज्ञानेन्द्र गुरुङले सहकारी र गाउँपालिका बिचको सम्बन्धले गाउँपालिकाको आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । अध्यक्ष गुरुङले सहकारीको ब्यवस्थापन गर्ने कुरा आफैमा चुनौतीपूर्ण रहेको भन्दै सहकारी क्षेत्रले त्यस्ता समस्याहरुको पहिचान गरी काम गर्नसक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक सरोज देवकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रशिक्षक देवकोटाले आगामी दिन सिरानचोक गाउँपालिकामा रहेको सहकारी र नमुना र उदाहरणीय बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।स्थानीय क्षेत्रमा उत्पादित बस्तुको बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सहभागीहरुले गाउँपालिकाले बजारको खोजी गरिदिनुपर्ने समेत माग गरेका छन् ।
स्थानीय स्तरमा समेत गाउँपालिकाले मेला तथा हाटबजार सञ्चालनमा ल्याएर स्थानीय उत्पादनलाई बिक्री गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् । तालिमा पालिका भित्र रहेका ४१ वटा सहकारी मध्ये २४ वटा सहकारीका ४७ जनाको सहभागीता रहेको र कार्यक्रममा सहभागिताबाट इन्दिरा पोखरेल र दिपक भट्टले मन्तब्य राखेका थिए ।