२८ माघ काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
लघुवित्तको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।