२८ माघ काठमाडौं । नेकपा एमालेका नेता चढेको गाडी दुर्घटना भएको छ । एमालेका महासचिव शंकर पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट गाडी चढेर दैलेख जाँदै गर्दा दुर्घटनामा परेका पार्टी सचिवालयका सचिव भीष्म अधिकारीले बताए ।
अहिले ट्रमा सेन्टरमा गएर जाँच गर्दा उहाँलाई सामान्य चोटपटक मात्र देखिएको पार्टी सचिवालयका सचिव अधिकारीले जानकारी दिनु भयो । उनी पार्टीको कार्यक्रमका लागि दैलेख जाँदै थिए ।
गाडीमा सवार अन्यको पनि अवस्था सामान्य रहेको छ ।’ उपमहासचिव विष्णु रिमालका अनुसार गाडी शनिवार दुर्घटना भएको थियो ।
गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल दैलेख बजारमा जिल्ला अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्किएको दैलेखबाट एमाले केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।