२८ माघ काठमाडाैँ । गाेरखामा २९ औं जनयुद्ध दिवसकाे अवसरमा खुल्ला रक्तदान तथा दीप प्रज्वलन आयोजना गरि धुमधामका साथ मनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी २०५२ साल फागुन १ गतेका दिन गणतन्त्र र नयाँ जनवादी राज्यसत्ताको लक्ष्य सहित जनयुद्धको शंखघोष गरेको दिनलाई नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ ।
माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो । दिवस अवसर योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान दीप प्रज्वलन लगाएका कार्यक्रम गर्न लागेको वाइसिएल गोरखाका जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो।
गाेरखा बजारकाे हरमटारी चोकमा रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो। त्यस्तै साँझ सदरमुकाममा दीप प्रज्वलनको कार्यक्रम राखिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । जनयुद्ध दिवसको अवसरमा गोरखा जिल्ला भित्रका सवै पालिका र वडाहरुमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।
माओवादी सञ्चालन गरेको १० बर्षे जनयुद्धको जगमा नेपालमा २३४ बर्ष लामो राजतन्त्रको अन्य भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको हो । वि.स २०६३ साल मङ्सिर ५ गते तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकार बिच शान्ति सम्झौतामा हस्ताक्षर भएपनि जनयुद्धको समाप्त भएको थियो ।