Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बक्सिङ र क्रिकेट खेलाडी पुरस्कृत

बक्सिङ र क्रिकेट खेलाडी पुरस्कृत

जोईन खबर

२८, माघ २०८०
  • 772
    SHARES
  • बक्सिङ र क्रिकेट खेलाडी पुरस्कृत

    २८ माघ काठमाडौं थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, समान १–१ मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकलाई जम्मा १६ लाख ८० हजार रुपैयाँ प्रदान गरियो ।

    images

    उक्त प्रतियोगितामा सुष्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले ६ लाख पाइन् भने बाँकीले जनही ३ लाख नगद पुरस्कार प्राप्त गरे । मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार रुपैयाँ पाए ।

    images
    images
    images

    त्यस्तै युएइमा भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी एसिया क्वालिफायरको उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, समान १–१ मुख्य प्रशिक्षक, टिम व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख नगद पुरस्कार दिइयो ।खेलाडीमा देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा रहेका छन् ।

    सबैले जनही ३ लाख नगद पुरस्कार हात पारे । मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले २ लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १–१ लाख रुपैयाँ प्रदान गरियो ।उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । 

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २१:३२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको