Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कपकाे तेक्वान्दो प्रतियोगितामा काठमाडौँ महानगरपालिका च्याम्पियन

चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कपकाे तेक्वान्दो प्रतियोगितामा काठमाडौँ महानगरपालिका च्याम्पियन

जोईन खबर

२८, माघ २०८०
  • 706
    SHARES
  • चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कपकाे तेक्वान्दो प्रतियोगितामा काठमाडौँ महानगरपालिका च्याम्पियन


    २८ माघ  काठमाडौँ । जैशीदेवल युथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० मा काठमाडौँ महानगरपालिका टिम च्याम्पियन भएको छ ।अबेर साँझ सम्पन्न भएको दुई दिने प्रतियोगितामा प्रमुख प्रायोजक काठमाडौँ महानगरपालिकाको टिमले सवभन्दा बढी सात स्वर्ण पदक जित्यो ।

    images

    आयोजक जैसीदेवल युथ क्लबको ए टिम पाँच स्वर्ण पदकसहित उपविजेता र गोदावरी नागरपालिका तीन स्वर्ण पदकसहित तेस्रो भयो । प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाएका थिए ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको सो प्रतियोगिताअन्तर्गत जैशीदेवल तेक्वान्दो डोजाङका राहुल हाङ लिम्बू वेस्ट मेल फाइटर र कागेश्वरी नगरपालिकाका सम्पदा सिवाकोटी वेस्ट फिमेल फाइटर घोषित हुनुभयो । राहुलले ३८–४२ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो ।

    images
    images
    images

    सो स्पर्धामा काठमाडौँ महानगरपालिकाका रोहन भुजेलले रजत तथा बाह्रबिसे नगरपािलककाका अभिषेक र ललितपुर महानगरपालिकाका अलिस न्यौपानेले संयुक्तरुपमा काश्य पदक जित्नुभयो ।वेस्ट फिमेल फाइटर सम्पदा ३८–४२ केजीमै च्याम्पियन हुनुभएको हो ।

    सो इभेन्टमा बुढानिलकण्ठ महानगरपालिकाकी कृतिका कटवालले रजत तथा काठमाडौँ महानगरपालिकाकी शलिना श्रेष्ठ र जैसिदेवल एकी श्रृष्टी मालीले काश्य पदक हासिल गर्नुभयो । यसैगरी विमला विक उत्कृष्ट रेफ्री र काठमाडौँ महानगरपालिकालाई टिम च्याम्पियन बनाउने राजेन्द्र खत्री सर्वश्रेष्ठ प्रशिक्षक घोषित हुनुभयो । वेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर र सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर पुरस्कार प्रदान गरियो ।

    यसैगरी सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी रोजन प्रजापति र सर्वश्रेष्ठ पुम्से महिला पुम्से खेलाडी सरगम थापा घोषित हुनुभयो । यी दुवैले पनि जनही एक सय डलर पुरस्कार पाए । आयोजकका रोजन र गोदावरी नगरपालिकाकी सरगमले १७ वर्ष मुखि पुम्सेमा स्वर्ण पदक जित्नुभएको हो ।कूल चार सय खेलाडी सहभागी रहेको प्रतियोगिताअन्तर्गत पारा तेक्वान्दो (के ४४) मा अमिर ब्लोन पहिलो र भरतसिंह महता दोस्रो स्थानमा रहनुभयो ।

    प्रतियोगितामा आठ÷आठ तौल समूहमा ब्वाइज र गल्र्सतर्फ प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र काश्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरियो ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विजेता टिम र खेलाडीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २१:३९:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको