२९ माघ काठमाडौँ । सुनसरी नक्कली नोट सहित भारतीय नागरि एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेका सुनसरीका प्रहरी उपरीक्षक एसपी विपिन रेग्मीले जानकारी दिए ।उ
क्त रकम भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारतकाे वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् ।
गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । ट्राफिक प्रहरीको टोलीले सवारीसाधन चेकजाँचमा खटिएको बेला बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी रोकेको थियो । स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको हो । पक्राउ परेका व्यक्तिलाई प्रहरीले अनुसन्धान गरि रहेको बताए ।