Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको स्थानिय तहकोे गण्डकी, भिसेन थापा र अजीरकोट गाउँपालिकामा फागुन १ गते  सार्वजानिक बिदा  

गोरखाको स्थानिय तहकोे गण्डकी, भिसेन थापा र अजीरकोट गाउँपालिकामा फागुन १ गते  सार्वजानिक बिदा  

जोईन खबर

२९, माघ २०८०
  • 832
    SHARES
  • गोरखाको स्थानिय तहकोे गण्डकी, भिसेन थापा र अजीरकोट गाउँपालिकामा फागुन १ गते  सार्वजानिक बिदा  

    २९ माघ काठमाडौँ । गोरखा जिल्लाको अजीरकोट,  गण्डकी, भिसेन थापा गाउँपालिकाले   फागुन १ गते जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेका छन् । यस पालिकाहरुले सर्वोच्च अदालतको आदेशविपरीत नै बिदा दिने निर्णय गरेको हो  । 

    images

    गण्डकी गाउँपालिकाले पनि फागुन १ गते जनयुद्ध दिवसको दिन  सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पालिका प्रमुख दिपक तिमिल्सिनाले जानकारी दिए ।

    images
    images
    images

    image_2024-02-12_112904632.png

    अजीरकोट गाउँपालिकाको आइतबार सम्पन्न ११२ औं बैठकले फागुन १ गते पालिकाअन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, पालिकाभित्र सञ्चालित वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । सार्वजनिक सूचना जारी गरी सो पालिकाले सार्वजनिक विदाको निर्णय गरेको जानकारी दिएको छ ।

    image_2024-02-12_112839277.png

    भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले पनि बार्षिक कार्यपात्रोमा सो दिनमा सार्वजनिक विदा दिने निर्णय गरेकाले निर्णय परिवर्तन नहुने जनाएका छन् । हामीले सो दिनमा सार्वजनिक विदा उल्लेख गरेर बार्षिक क्यालेण्डर बनाएका छौँ ।गोरखाका ११ मध्य २ वटा नगरपालिका र ७ वटा गाउँपालिका माओवादीले जितेको थियो । अन्य पालिकाले भने यस विषयमा केन्द्रसरकारको निर्णयसंग बाझिने गरी कुनै निर्णय नभएको जनाएका छन् ।यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको थियो । 

     

    प्रकाशित मिति :माघ २९, २०८० सोमवार - ११:२७:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको