२९ माघ काठमाडौँ । काठमाडौँको मैतीदेवीमा गोरखा र ललितपुरकी दुई किशोरीमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट गोरखा भिमसेन थापा गाउँपालिका वडा न १ मसेल घर भएकी विमला बयलकोटी र ललितपुर घर भएकी शान्ति भण्डारी घाइते भएका छन् ।
घटनामा विमलाको घाँटीमा र शान्तिको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गर्ने युवा भारतको राजस्थान घर भई हाल काठमाडौँ मैतीदेवी बस्ने आएका प्रहरी प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उक्त घटना यही माघ २४ गते साँझघटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन ।
छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र सानो विवाद भएपछि छुरा प्रहार गरेर भागेको प्रहरी अधिकारीहरू बताउँछन् । घटना मैतीदेवी युवकको कोठामा भएको हो ।
छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । घटनाको थप विवरण आउन बाकी छ । घटना कसरी, किना भयो, युवाको कोठमा ति किशोरीहरु किन गए भने बारे थाहा भउको छ ।