२९ माघ काठमाडौँ ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवस अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ,कार्यपालिका बैठकले बारपाक सुलिकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम बारपाक सुलिकोट गाउँपालिका भित्र फागुन १ गते गाउँपालिकाको आयोजनामा साँझ दिपावाली गरेर जनयुद्व दिवस मनाउने भएकोले सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो।सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ।
गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न ०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको स्मरण र यस क्रममा सहादत प्राप्त गर्नुहुने तमाम अमर शहिदहरुको सम्मानको लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यो भन्दा अघि सार्वजानिक तीन गाउँपालिको बिदा दिने घोषण गरि सकेको हो । जसमा भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका , गण्डकी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा दिने सूचना जारी गरिएको हो ।