२९ माघ काडमाडाैँ । फागुन १ गते सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले बताएको छ ।
आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।
२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको ब्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।
