२९ माघ काठमाडाैँ । गोरखाकाे शहीद लखन र धार्चे गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा बि.स २०५२ साल फागुन १ देखि तत्कालिन नेकपा माओवादीले सुरु गरेको महान जनयुद्धको स्मरण र त्यस क्रममा शहादत प्राप्त गर्नु हुने तमाम अमर शहीदहरुको सम्मान सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द रहने जारी गाउँपालिकाले जनाएको छ
धार्चे गाउँपालिकाले पनि आज सूचना प्रकाशन गरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारद्धारा हस्ताक्षरित सूचनमा जनयुद्ध र जनआन्दोलनका क्रममा विर शहीदहरुको सम्झनामा गाउँपालिकामा फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।
शहीद लखन गाउँपालिकाले पनि संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि माओवादीले सुरु गरेको जनयुद्ध दिवसको अवसरमा फागुन १ गते र नेपालका प्रथम शहीद लखन थापामगरका उनका सहयोगी जयसिंह चुमीमगर १४७ औं स्मृति दिवसको अवसरमा आज एक सार्वजनिक सूचना निकालेर सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।