Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फागुन २६ गतेबाट गोरखाको रानीपोखरीमा हाट बजार संचालन हुने

फागुन २६ गतेबाट गोरखाको रानीपोखरीमा हाट बजार संचालन हुने

जोईन खबर

१, फाल्गुण २०८०
  • 883
    SHARES
  • फागुन २६ गतेबाट गोरखाको रानीपोखरीमा हाट बजार संचालन हुने

    १ फागुन काठमाडौँ । गोरखा बजारको रानीपोखरी परिसरमा हाट बजार संचालन हुने भएको छ । गोरखाको गोरखा नगरपालिकाले फागुन २६ गतेबाट हाट बजार संचालन गर्न लागेको हो ।

    images

    सोमवार बसेको नगर कार्यपालिका बैठकले सो निर्णय गरेको नगर प्रमुख कृष्ण रानाले बताए ।त्यहाँ रहेको चउरमा हप्ताको प्रत्येक शनिवार हाट बजार संचालन गरी नगर क्षेत्रभित्रै उत्पादित कृषि उपजहरु लगेर त्यहाँ बेच्ने नगर प्रमुख रानाले बताए ।

    images
    images
    images

    कृषि उपज ढुवानीका लागी गाडी किन्ने तयारी समेत भइरहेको उनले जानकारी दिए । ‘किसानहरुको बारीमै गएर हामी उहाँहरुको उत्पादन किन्छौ र हाट बजारमा ल्याएर बेच्छौ । ढुवानी खर्च किसानलाई सकेसम्म निशुल्क गर्छौ सकिएन भने सहुलियत दरमा थोरै रकम लिने समेत बताए । हाट बजार संचालनका लागी यो बर्ष १५ लाख रकम विनियोजन भएको उनले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १४:२५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको