Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज केही प्रदेशमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज केही प्रदेशमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

जोईन खबर

२, फाल्गुण २०८०
  • 739
    SHARES
  • आज केही प्रदेशमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

    २ फागुन काठमाडौँ । आज केही प्रदेशमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

    images

    महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    images
    images
    images

    कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १०:३९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको