Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोस्रो गोरखा ताकुकोट सेवा समाज कप २०८० साविक वडा स्तरिय फुटसल प्रतियोगिता हुदैँ 

दोस्रो गोरखा ताकुकोट सेवा समाज कप २०८० साविक वडा स्तरिय फुटसल प्रतियोगिता हुदैँ 

जोईन खबर

२, फाल्गुण २०८०
  • 1.3K
    SHARES
  • दोस्रो गोरखा ताकुकोट सेवा समाज कप २०८० साविक वडा स्तरिय फुटसल प्रतियोगिता हुदैँ 

    २ फागुन काठमाडौँ । गोरखाको  बारपाक सुलिकोट गाउँपालिका वडा न ६  ताकुकोटले दोस्रो कप २०८०  साविक वडा स्तरिय फुटसल प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगिता गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा काठमाडौँको बनस्थलीस्थित बल्छि धुर्वे फुटसल खरिबोटमा  यही फागुन ७ गते प्रतियोगिता हुन लागेको गोरखा ताकुकोट सेवा समाज काठमाडौँको कार्यसमितिका महासचिव तथा खेल संयोजक राजन बाबु श्रेष्ठले जानाकारी दिनुभयो ।

    images

    उक्त प्रतियोगिता  प्रजातन्त्र दिवस  २०८० को पावन अवसरमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँले साविक वडा स्तरिय पुरुष फुटसल प्रतियोगिताको आयोजन गर्ने लागेको उहाँले बताउनु भयो । यस प्रतियोगितामा विजेता दुई टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम लाई नगद रु १० हजार सहित र ट्रफी,मेडल प्रमाणपत्र पाउँने छ ,भने दास्रो स्थान हासिल गर्ने टिमले भन्ने नगद रु ५ हजार  ट्रफी,मेडल प्रमाण पत्र प्राप्ता गर्ने, र साथमा उत्कृष्ट प्लेयर, उत्कृष्ट गोल रक्षक लाई  ट्रफी,मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images

    यस प्रतियोगिता सहभागि हुन चाहाने वडा स्तरिय टिमले फागुन ५ गते शनिबार आफनो वडाको टिम दर्ता गर्न सक्ने छ । यस संस्थाले टिम दर्ताको लागि रु १००० हजार शुल्क तोकिएको संस्थाका महासचिव तथा  प्रतियोगिताका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । साथै खेलमा हुने संख्या  भनेको ७ जना खेलाडी र १ जना प्रशिक्षक हुनु पर्ने संस्थाले जनाएको हो ।  

    यस संस्थाले ताकुकोटबाट काठमाडौंमा बस्ने युवाहरु साथै आजीवन सदस्यहरुको छोरारछोरी र अग्रजहरु बिच चिनजान, परिचय, एकता र भाईचार अभिबद्धीको लागि दोस्रो गोरखा ताकुकोट सेवा समाज कप फुटशल प्रतियोगिता फाल्गुन ७ गते सोमबार गर्ने कार्यसमितिको बैठकले  निर्णय गरेको संस्थाका सचिव धिरज उपरकोटीले जानकारी दिनु भयो । २०७२ सालमा स्थापना भएको संस्थाले  सामाजिक सेवा कामहरू धेरै गर्दै आएकाे संस्थाका सचिवको भनाइ छ । 

    यस संस्थाले  फुटशल प्रतियोगितामा सहभागिताका लागि  निम्न प्रस्तावहरु

    यस प्रतियोगितामा गाउॅपालिका वडा नं ६ ताकुकोट ठेगाना बाट नागरिकता लिएका र संस्थाको आजीवन सदस्य वा उनीहरुको सन्तानहरु सहभागी हुन पाउनेछन् ।  खेलकाे लागि आवश्यक डकुमेन्टहरु  क) टिमको नाम, सम्पर्क नं, व्यवस्थापक र खेलाडीको १ प्रति फोटो टॅास गरिएको बिवरण सहितको फारम ख) नागरिकताको प्रतिलिपी ( १६ बर्ष मुनिको हकमा ठेगना खुल्ने सरकारी कागजातको प्रतिलिपी) ग) सहभागी हुन नपाउने खेलाडी समावेश गरिएको टिम दर्ता गरिने छैन ३ प्रतियोगितामा सहभागिताको लागि मिति २०८०/११/०५ गते शनिबार बिहान ११ देखि दिउॅसो १ः३० बजे भित्र टिम क्याप्टेनर व्यवस्थापक आवश्यक डुमेन्ट र फारम र दर्ता शुल्क सहित गोरखा( ताकुकोट सेवा समाजको वनस्थली कार्यलयमा उपस्थिती भई टिम दर्ता गर्नु पर्ने संस्थाका काेषाध्यक्ष हाेम नारायण श्रेष्ठले बताउनु भयाे ।

    427886862_948600973459478_8277295362758275369_n.jpg

    उहाँ भनाइ अनुसार सोही दिन गोलाप्रथा गरि समय सहितको टाईसिट सार्वजनिक गरिने र समयमा खेलाडी र टिम उपस्थित नभएमा प्रतिपक्षी टिमलाई बिजयी घोषित गरिने छ भने  टिम दर्ता गर्दाको बखतको खेलाडी भन्दा अन्य खेलाडी खेलाएको प्रमाणित भएमा उक्त टिमलाई तुरुन्त निस्कासित गरि आगामी तस्रो न्तककप कप फुटशल प्रतियोगितामा उक्त टिमको खेलाडी र व्यवस्थापकलाई सहभागी हुन प्रतिबन्ध लगाईनेछ संस्थाको आयोजकले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १५:२२:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको