३ फागुन काठमाडाैँ । आज बिहीबार सुनको मूल्य स्थिर रहेकाे छ । आज छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




