३ फागुन काठमाडौँ । गोरखामा बैकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाइ प्रहरिले पक्राउ गरेका छन् । पक्राउ पर्ने गोरखा भीमसेन थापा गाउँपालिका वडा न - ५का ३७ बर्षीय चित्रप्रसाद भट्टलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टले अर्थ मुभर्स प्रालिबाट जेसिभी पार्टस खरिद गरी रकम भुक्तानीका लागि दिएको चेक सटही नभएपछि उनी बिरुद्ध जाहेरी परेको थियो ।
भट्टले आफू संचालक रहेको नवप्रभात निर्माण सेवा प्रालिको नामको मेगा बैंकको १ लाख ९ हजार ६३६ रुपैयाँ बराबरको चेक काटेर दिदा उक्त चेक साँट्न जाँदा खातामा पर्याप्त रकम नभएर चेक फिर्ता भएपछि कारबाहीको माग गर्दै अर्थ मुभर्स प्रालिका कृष्णप्रसाद तिवारीले जाहेरी दिनुभयो ।
भट्ट बिरुद्ध बैकिङ कसुर शीर्षकमा मुद्दा दर्ता भई खोजी कार्य जारी थियो । मंगलवार उनलाई गोरखा नगरपालिका वडा नम्वर ६ आसपासबाट पक्राउ गरिएको र हिरासतमा राखेर थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।