Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले नामिबियाविरुद्ध सामान्य लक्ष्य , नामिबियाले जित्न १ सय ३३ रन बनाउनु पर्ने  

नेपालले नामिबियाविरुद्ध सामान्य लक्ष्य , नामिबियाले जित्न १ सय ३३ रन बनाउनु पर्ने  

जोईन खबर

३, फाल्गुण २०८०
  • 931
    SHARES
  • नेपालले नामिबियाविरुद्ध सामान्य लक्ष्य , नामिबियाले जित्न १ सय ३३ रन बनाउनु पर्ने  

    ३ फागुन काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत  नेपालले नामिबियाविरुद्ध १ सय ३३ रनको सामान्य लक्ष्य  पाएको छ । नेपालले घरेलु मैदान ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । नेपालले ४१–१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । 

    images

    विहीबार टियु क्रिकेट मैदानमा कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिए। ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे ।

    images
    images
    images

    अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१–४ को स्थितिमा पुग्यो ।त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे ।

    लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४–७ को अवस्थामा पुग्यो । ३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।

     अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे । नेपालको टोली रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी रहेएका छन् । 

     

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १२:४६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको