Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आँबुखैरेनीमा जीप दुर्घटना हुदा मृतकको सङ्ख्या तीन पुग्यो

आँबुखैरेनीमा जीप दुर्घटना हुदा मृतकको सङ्ख्या तीन पुग्यो

जोईन खबर

८, फाल्गुण २०८०
  • 871
    SHARES
  • आँबुखैरेनीमा  जीप दुर्घटना हुदा  मृतकको सङ्ख्या तीन पुग्यो

    ८ फागुन काठमाडाैँ । तनहुँको आँबुखैरेनीमा  जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ ।  आँबुखैरेनीमा गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    images

    घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - १५:२१:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको