Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालन, गृहमन्त्री श्रेष्ठद्वारा उद्घाटन

नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालन, गृहमन्त्री श्रेष्ठद्वारा उद्घाटन

जोईन खबर

८, फाल्गुण २०८०
  • 940
    SHARES
  • नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालन,  गृहमन्त्री  श्रेष्ठद्वारा  उद्घाटन

     ८ फागुन काठमाडाैँ । कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा ल्याइएको छ । तीन महिनाको तयारीपछि नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालनमा आएको हो ।

    images

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान केन्द्रको उद्घाटन गरे । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने बताए ।गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रूप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल लगायत काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति थियो ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - १७:२५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको