Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज दिउँसो मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा सम्भावना

आज दिउँसो मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा सम्भावना

जोईन खबर

९, फाल्गुण २०८०
  • 679
    SHARES
  • आज दिउँसो मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा   सम्भावना
    ९ फागुन काठमाडाैँ । आज दिउँसो मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । अहिले मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । 

    images

    मौसमविद् अधिकारीले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताए ।

    images
    images
    images

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ ।

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १०:४४:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको