९ फागुन काठमाडाैँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–४ बस्ने १९वर्षीय अमर नेपाली रहेका छन् ।शुक्रबार बिहान अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको यात्रुबाहक ग.२ ख १०५१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई ३ किलोग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई तनहूँ जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।