Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

जोईन खबर

९, फाल्गुण २०८०
  • 736
    SHARES
  • नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

    ९ फागुन काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।नेपालका कप्तान रोहित पौडेल, अनिल साह र  देव खनाल शून्य रनमै आउट भए ।

    images

    नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।     

    images
    images
    images

    राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग-बिफोर-विकेट आउट भएका थिए । 

     

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १२:१७:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको